INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१४ का २१ वर्षीय दिपेन्द्र नेपालीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले असार ३१ गते आरोपितलाई दोषी ठहर गर्दै १० वर्ष कैद, ५ लाख रुपियाँ जरिबाना, २० हजार रुपियाँ क्षतिपूर्ति र १ हजार ८ सय रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

आराेपितले बालिकालाई ०८० वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो ।

प्रहरीले आराेपितलाई वैशाख ५ गते तुलसीपुर–१३ बाट गिरफ्तार गरी वैशाख ३१ गते जवरजस्तीकरणी सम्बन्धी मुद्दा चलाएको थियो ।

अन्य

भिडियो