INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले गैडहवा गाउँपालिका–१ वनगाईका २१ वर्षीय ओम प्रकाश चौधरीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको असार २६ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति बापत पीडितलाई भराई दिने र २० हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८१ भदौ ६ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकको सहयोगमा भदौ ७ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण भदौ ६ गते भिम अस्पताल भैरहवामा भएको थियो । प्रहरीले आरोपितलाई भदौ ६ गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो