INSEC Online

📅 २०८३ जेष्ठ २१

बालमृत्यु दरमा बृद्धि, एक वर्षमा मात्रै २२ शिशुको मृत्यु !

यस आर्थिक वर्ष जिल्ला अस्पताल, डडेल्धुरामा प्रसूती सेवाका क्रममा मात्रै २२ शिशुको मृत्यु भएको तथ्याङक सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्ष २०८० / ०८१ को बैशाख महिनासम्म २२ शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

आर्थिक वर्ष २०७९ / ८० मा जन्मेका शिशुहरु मध्ये २४ जना मृत अवस्थामाका थिए । यो वर्ष २ हजार १ सय ५८ शिशुको जन्म डडेल्धुरा अस्पतालमा भएको थियो । मृत जन्मदरको सङ्ख्या आर्थिक वर्ष २०८० /०८१ मा बढेर ३८ पुगेको थियो । यो वर्ष १ हजार ८ सय ८१ शिशुको जन्म अस्पतालमा भएको थियो । चालु आर्थिक वर्षको वैशाख महिनासम्म १ हजार ६ सय २८ शिशुले डडेल्धुरा अस्पतालमा जन्म लिएका छन् ।

०८२ जेठ र असारको तथ्याङ्क आउन बाँकी रहेकोले मृत जन्मदरको सङ्ख्या बढ्न सक्ने स्वास्थ्य कार्यालय, डडेल्धुराका कार्यालय प्रमुख केशर साउदले बताउनु भयो ।

‘मृत जन्मदरको चुनौती देशैभर छ । अस्वास्थ्यकर खानपीन, समयमै गर्भवतीहरुको चेकजाँच नहुनु मृत जन्मदरको मुख्य चुनौती रहेको छ । प्लासेन्टको मुख्य चुनौती रहेको छ,’ उहाँले भन्नुभयो, ‘प्लासेन्टबाट बच्चाले अक्सिजन पाउने हो । बच्चा जन्मिनु भन्दा पहिले नै पाठेघरको भित्ताबाट प्लासेन्ट छुट्टिनेक्रम चाँडो सुरु हुन्छ र बच्चाले अक्सिजन पाउन नसक्नेभएकोले बच्चाको मृत्यु हुनेगरेको छ ।’

महिलालाई हुने विभिन्न संक्रमणका कारण पनि मृत शिशुको जन्म हुनेगरेको स्वास्थ कार्यालय, डडेल्धुराका अधिकृत हरि भट्टले बताउनु भयो । कतिपयमा जन्मजातका विकृतिहरु हुने हुन्छन् । उहाँले भन्नुभयो, ‘मुटु, मष्तिस्कलगायतका भागहरु राम्रोसँग विकसित भएका हुँदैनन् । यस्तो अवस्था भयो भने जन्मिने क्रममा वा गर्भ रहेको २० हप्ता पछाडि बच्चाको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।’

दुर्गम गाउँमा गर्भवतीको नियमित स्वास्थ्य चेकजाँच गर्ने परिपार्टी नभएका कारण र आमामा उच्च रक्तचाप, सुगर, थाईराइडलगायतका विभिन्न रोगको सङ्क्रमण भएपछि पनि बच्चाको मृत्यु हुनसक्ने भएकोले गभवतिको नियमित चेकजाँच र आहारमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

अन्य

भिडियो