INSEC Online

📅 २०८३ जेष्ठ २१

निषेधित क्षेत्र प्रवेश गरेको आरोपमा गिरफ्तार

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नौ जना कार्यकर्तालाई  प्रहरीले ०८२ असार ३० गते बानेश्वरबाट गिरफ्तार गरेको छ।

नेपाल कमर्स क्याम्पस नेविसङ्घको आयोजनामा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि उनीहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।नेपाल कमर्श क्याम्पस इकाइले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, ‘विद्यार्थीको प्रतिनिधित्वविना सिनेट बैठक अमान्य हुने’ र ‘शिक्षक नियुक्ति सतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने’ जस्ता माग राखेर शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा नेपाल प्रहरीले धरपकड गरी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेको नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनु भयो।

सर्लाही गैडौता नगरपालिका- ८ घर भई बानेश्वर बस्ने (एनसीसी) कलेज स्ववियु सदस्य २२ वर्षीय रणधिर मिश्र, डोटी के.आई.सी गाउँपालिका ३ घर भई हाल ३२ कोटेश्वर बस्ने बर्ष नि.वर्तमान सदस्य ३० वर्षीय श्याम राज ओझा, भक्तपुर नागुनारायण नगरापालिका- १ घर भई बस्ने नेपाल ईन्जिनियरङ कलेज चागुनारायण भक्तपुर ईकाई सदस्य २१ वर्षीय पृथ्वी जंग थापा, दोलखा तामाकोशी गाउँपालिका-४ घर भई हाल बानेश्वर बस्ने नेपाल चाटर्ड एकाउन्टेन विद्यार्थी संध अध्यक्ष २५ वर्षीय महेन्द्र खड्का, काठमाडौँ महानगरपालिका-३२ सुबिधानगर घर भएका (एनसीसी) कलेज ईकाई सभावती केन्दीय सदस्य ३२ वर्षीय सरोज तिमिल्सिना, सिन्धुली कमलामाई नगरपालिका- ३ घर भई हाल बस्ने ललितपुर पाटनढोका बस्ने नेपाल चाटर्ड एकाउन्टेन विद्यार्थी संध अध्यक्ष २४ वर्षीय उत्सव देवकोटा, काठमाडौँ महानगरपालिका व -३२ कोटेश्वर घर भएका (एनसीसी) केलजका सदस्य १७ वर्षीय एलेक्स सिघानिया, अछाम साफेबगर नगरपालिका-१० घर भई  हाल ३२ कोटेश्वर बस्ने सोही कलेजका स्ववियु कोषाध्यक्ष २७ वर्षीय सुशिल खड्का र काठमाडौँ महानगरपालिका वडा-३२ बानेश्बर घर भएका नेपाल विद्यार्थी सङ्घ जिल्ला अध्यक्ष २६ वर्षीय अंसुल के.सी  रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखेर साँझ रिहा गरिएको छ ।

त्यसै गरी गरिफ्तार पर्नेहरूमा रामेछाप मन्थली नगरपालिका-१२ स्थायी वतन भई हाल जडिबुटी बस्ने स्ववियु सभापति २८ वर्षीय संजय बुढाथोकी, जुम्ला चन्द्रनाथ नगरपालिका- ३ घर भई हाल जडिबुटी बस्ने स्ववियु सदस्य १८ वर्षीय विवेक गिरी, दोलखा तामाकोशी गाउपालिका-२ घर भई हाल स्वयंभु बस्ने स्ववियुको दोलखा जिल्ला सचिव २४ वर्षीय आशिष कार्की, रामेछाप लिखु तामाकोशी गाउपालिका-७ घर भई हाल भक्तपुर ठिमी बस्ने स्ववियु सचिव २५ वर्षीय प्रदिप कार्की ररामेछाप खाँडादेवी गाउपालिका-५ घर भई हाल जडिबुटी बस्ने स्ववियु सदस्य २१ वर्षीय सन्दिप कार्की रहेका छन् ।

उनीहरूलाई प्रहरी प्रभाग कोटेश्वरमा राखिएकोमा साँझ रिहा भएका छन् ।

अन्य

भिडियो