राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाका नेता प्रकाश अर्यालले कुटपिट गरेको भन्दै राजकुमार राईले ०८२ असार २४ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिनुभएको छ ।
आरोपितले राईलाई असार २३ गते कुटपिट गरेका थिए । वडा प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन विश्वकर्माका अनुसार अर्यालले मजदुरलाई कुटपिट गरेको भन्दै उजुरी आएको बताउनु भयो । राईको पोखरा स्थित जिएमसीमा उपचार भइरहेको छ ।
प्रहरीले अर्याललाई एकदिन नियन्त्रणमा लिएर रिहा गरिएको प्रहरीले जनाएको छ । राईको उपचार भइरहेकोले गर्दा अर्याललाई तारिखमा राखिएको छ । राईको उपभार भइसकेपछि थप के प्रकृया अगाडी बढाउने इन्सपेक्टर विश्वकर्माले बताउनुभयो ।