INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि अभद्र व्यवहार

पोखरा महानगरपालिका( २१ पहारीडाँडा घर भई पोखरा महानगरपालिका स्थित छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई मोसो दलेर दुव्र्यवहार गरेको आरोपमा प्रहरीले बझाङका सुजन विकलाई ०८२ असार २८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला अदालतबाट प्रहरीले घटनामा संलग्न रहेको भन्दै दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमध्ये अझै एक जना फरार रहेको कास्की प्रहरीले जनाएको छ ।

असार २७ गते विद्यालयका अध्यक्ष पहारीलाई नेकपा (बहुमत) का कार्यकर्ताहरुले मोसो दलेका थिए । विकलाई गिरफ्तार गरेर अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार विककै योजना तथा निर्देशनमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पहारीमाथि दुव्र्यवहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नेकपा (बहुमत) समर्थित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले विद्यालयको मुख्य आय श्रोतको रुपमा रहेको पातलेछाँगो (डेभिजफल) व्यक्तिगत स्वार्थको लागि पोखरा महानगरपालिका हुँदै निजी कम्पनीलाई ठेक्का दिने सम्झौता गरेको आरोप अध्यक्ष पहारी माथि लगाएको छ । सो प्रकरणमा विद्यार्थी संगठनले अध्यक्ष पहारीलाई राजीनामा दिन र कारबाही गर्नसमेत माग गरेको थियो ।

पातले छाँगो २०३५ सालदेखि छोरेपाटन माविले भोगचलन तथा व्यवस्थापन गर्दै आएको थियो । पातले छाँगो अहिले महानगरको मातहतमा गएको छ । पातले छाँगोबाट शुल्क उठाउने र व्यवस्थापन गर्ने काम पोखरा महानगरपालिका आफैंले गर्दै आएको छ । सेती क्यान्यन प्रालिले पातले छाँगोमा संरचना बनाउन महानगरसँग सम्झौता समेत गरिसकेको थियो । महानगरले चार किस्तामा गरी वार्षिक ३ करोड रुपियाँ विद्यालयलाई भुक्तानी दिने सम्झौता गरेको छ ।

सार्वजनिक स्थलमा अध्यक्ष पहारी माथि भएको दुव्र्यवहारको नेकपा (एमाले), नेपाल शिक्षक महासंघ कास्कीसँग सम्वद्व एवं आवद्ध सबै घटक संस्थाहरु, विद्यालय कर्मचारी, अनेरास्ववियु, छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्च समेतले भत्र्सना गरेका छन् ।

अन्य

भिडियो