INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

इनरुवा नगरपालिका-९ शिव मन्दिर टोलकी ३३ वर्षीया नविता खातुनको हत्या गरी ४२ वर्षीय पति सुदीप शर्मा खत्वले आत्महत्या गरेका छन्।

घरायसी विवादका क्रममा आरोपितले ०८२ असार २९ गते घाँटी थिचेर पत्नीको हत्या गरी साडीको पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, धरानका डिएसपी योगराज खतिवडाले बताउनु भयो।

आरोपित सुदीपले नवितालाई कान्छी पत्नीको रुपमा १० वर्ष अघि विवाह गरेको र सोही बेलादेखि सम्वन्ध राम्रो नभएको प्रारम्भिक अनुसन्धानका खुलेको डिएसपी खतिवडाले बताउनु भयो।

शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,घोपामा राखिएको छ।

अन्य

भिडियो