INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

इलामको देउमाई नगरपालिका-५ धुसेनी स्थायी घर भइ धरान उपमहानगरपालिका-१४ मा बस्दै आउनु भएका ४६ वर्षीय पत्रकार डेविट भनिने रोहितकुमार बस्नेत, धरान उपमहानगरपालिका-५ की २९ वर्षीया पत्रकार रश्मी प्रधान र धरान उपमहानगरपालिका-१५ का ३५ वर्षीय पत्रकार रोहित कुलुङ्गलाई हातपात गरेको आरोपमा पीडित पक्षले घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

धरान उपमहानगरपालिकाले धरान-१५ र ५ को बिचमा पर्ने सेउती खोलामा आउने बाढीलाई बाटो परिर्वतन गर्ने भनि ०८२ असार २६ गते जेसीभी चलाएपछि समाचार संकलन गर्न पुग्नु भएका गणतन्त्र एफएमका बस्नेत, कपुरी न्यूजकी प्रधान र कोले न्यूज डटकमका पत्रकार कुलुङ्गमाथि धरान उपमहानगरपालिका-५ तल्लो देउरालीका ५५ वर्षीय मणि राई र ४६ वर्षीय कवि याख्याविरुद्ध असार २६ गते पीडित पत्रकारले इलाका प्रहरी कार्यालय, धरानमा उजुरी दिएका हुन् ।

मेयर हर्क साम्पाङका समर्थक मणि राई र कवि याख्याले झोले पत्रकार भन्दै हातपातको प्रयास गरेको पीडित पत्रकार डेविट बस्नेतले बताउनु भयो ।

पीडित पक्षको उजुरीपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले आरोपितलाई कार्यालय झिकाएर घटनामा बारेमा अनुसन्धान गर्ने बताउनु भएको छ ।

मानव अधिकारसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षक भनि परिभाषित गरेको छ ।

अन्य

भिडियो