INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

बोलाइसम्बन्धी अपाङ्गता हुनु भएकी रतुवामाई नगरपालिका-६ की ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको आरोपमा प्रहरीले ६९ वर्षीय देवर टङ्कबहादुर बस्नेतलाई गिरफ्तार गरेको छ ।

अंशसम्बन्धी विवादका क्रममा आरोपितले ६० वर्षीया भाउजुको ०८२ असार २१ गते हसिँया प्रहार गरी हत्या गरेको आरोपमा अनुसन्धानका लागि असार २३ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारीले बताउनु भयो ।

अंशसम्बन्धी विवादलाई लिएर आरोपितले खेतमा घाँस काट्न गएको अवस्थामा असार २१ गते हत्या गरेको र शवलाई खेतमा नै फालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।

आरोपितको घरबाट हत्यामा प्रयोग गरिएको हसिँया फेला परेको र पोष्टमार्टम रिपोर्टमा घुुचुक्कमा धारिलो वस्तुको चोटले मृत्युु भएको देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कोपिला चुडाँलले बताउनु भयो ।

कोशी अस्पतालमा असार २३ गते शवको पोष्टमार्टमपछि पीडित परिवारले शव बुझेको छ ।

अन्य

भिडियो