३४ वर्षीया महिलाको सामाजिक सञ्जाल (फेसबुक) मार्फत् दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले डोटी घर भएका ३१ वर्षीय रमेश बागलाई ०८२ असार २२ गते काठमाडौँको नयाँ बानेश्वरस्थित मिलन चोकबाट गिरफ्तार गरेको छ ।
पीडित महिलाले ०८२ असार १८ गते दिएको उजुरीका आधारमा खोजी गर्दा बागलाई काठमाडौँको नयाँ बानेश्वरस्थित मिलन चोकबाट गिरफ्तार गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका उपनिर्देशक दिपकराज अवस्थीले जानकारी दिनु भयो।
उपनिर्देशक अवस्थीका अनुसार आरोपी विरुद्ध विद्युत्तीय कारोबार ऐन–२०६३ दफा (४७) अन्तर्गतको कसुरमा अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
पीडित महिलाको अश्लील फोटो बनाएर फेसबुकमा पोस्ट गरेको बागमाथि आरोप छ । सो पोस्टबारे अनुसन्धान भइरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ। आरोपित बाग राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका केन्द्रीय सदस्य समेत हुन् ।