१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरीका २० वर्षीय पुजन सिङ्ताङलाई प्रहरीले ०८२ असार १७ गते राति गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई असार १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित सिङ्ताङविरुद्ध असार १६ गते दिएको उजुरीको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई गिरफ्तार गरेको हो ।
पीडितको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा असार १६ गते गरियो ।