लहान नगरपालिका–१ का पत्रकार महासंघ सिरहाका अध्यक्ष ४२ वर्षीय मनोज बनैतालाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा लहान नगरपालिका–११ का एमालेका नगर अध्यक्ष ५० वर्षीय राजकुमार साहविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा ०८२ असार १९ गते बनैताले उजुरी दिनु भएको छ ।
महासंघका अध्यक्ष बनैताका अनुसार आफूले लहान नगरपालिकाको बेथीतीविरुद्ध सामाजिक सञ्जालमा उपमेयर रामचलितर महतोको भिडियो असार १७ गते सार्वजनिक गरेको आरोपमा नगर अध्यक्ष साहले महासंघका अध्यक्षको नामनै किटान गरी अत्यन्त तल्लो स्तरको गालीगलौज सामाजिक सञ्जालमा गरेकोले कारबाहीको लागि उजुरी दिएको बताउनु भयो ।
एमालेका नगर अध्यक्ष राजकुमार साहले सार्वजनिक व्यक्तिले सार्वजनिक व्यक्तिको बारेमा जथाभावी भिडियो पोष्ट गरेकोले माफि माग्नु पर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्रकुमार पासवानले घटनाको बारेमा उजुरी आएको र दुवै पक्षलाई बुझि प्रकृया अगाडी बढाउने बताउनु भयो ।