INSEC Online

📅 २०८३ जेष्ठ २१

बालत्कार प्रयास घटनाका फरार कसूरदार गिरफ्तार

१८ वर्षीय युवतीलाई बलात्कार प्रयास घटनाका फरार कसूरदार भिमदत्त नगरपालिका–४ का ४० वर्षीय मानसिंह कार्कीलाई प्रहरीले ०८२ असार १९ गते  बह्रमदेव आइवे जिरो पाइन्टबाट गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कसूदार कार्कीलाई गिरफ्तार गरी असार १९ गते कैद भुक्तानका लागि जिल्ला कारागर, कञ्चनपुर पठाएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका असइ शंकर कुँवरले बताउनु भयो ।

जिल्ला अदालत, कञ्चनपुरका न्यायाधीश दुर्गाप्रसाद उप्रेतीको ०६९ जेठ ३० गते बसेको इजलासले कसूर ठहर गरी चार वर्ष कैद सजायको फैसला गरिएको भए पनि कसूरदार कार्की फरार रहेका थिए ।

पीडित युवतीलाई ०६६ चैत ९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध ०६६ चैत १० गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण चैत १० गते महाकाली अस्पताल, कञ्चनपुरमा गरिएको थियो ।

अन्य

भिडियो