INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा चुरे गाउँँपालिका—१ सायलका १६ वर्षीय बालकलाई ०८२ असार १९ गते १ वर्ष ६ महिना कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी १ वर्ष ६ महिना कैद सजाय, १ लाख क्षतिपुर्ती र १५ हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी पंकज उपाध्यायले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ साउन ८ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १२ गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जवरजस्तीकरणी अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालत, कैलालीले ०८१ भदौ ५ गते बाल सुधार गृह, डोटी पठाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ साउन १२ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

यसैगरी ११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसूरमा गोदावरी नगरपालिका–३ गोदावरीका ५० वर्षीय वकिल मण्डेललाई ०८२ असार १९ गते १ वर्ष ६ महिना कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश प्रदीपकुमार उपाध्यायको इजलासले कसूर ठहर गरी १ वर्ष ६ महिना कैद सजाय, ३७ हजार ५ सय क्षतिपुर्ती र ५० हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी पंकज उपाध्यायले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ चैत ११ गते आरोपितले यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले चैत १२ गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जवरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालत, कैलालीले ०८२ वैशाख ४ गते ५० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ चैत १२ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो