१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका– ५ का २५ वर्षीय सन्दिप विकविरुद्ध संरक्षक रक्षा नेपालको तर्फबाट प्रहरी वृत जगातीमा ०८२ असार १७ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई ०८२ जेठ ६ गते ललाइफकाइ आफ्नो कोठामा लगि बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडितको संरक्षक रक्षा नेपाल संस्थाका व्यवस्थापक दुर्गा पाण्डले घटना बारे थाहा पाएपछि प्रहरीमा उजुरी दिएको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १७ गते भक्तपुर अस्पतालमा भयो । आरोपित फरार रहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनायो ।