INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्ष कुटपिट घटनाका आरोपित गिरफ्तार

हेटौंडा उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष नवीन सिग्देललाई कुटपिट गरेको आरोपमा काभ्रे जिल्लाको रोशी गाउँपालिकाकी मञ्जु लामालाई प्रहरीले ०८२ असार १९ गते गिरफ्तार गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौंडा क्याम्पसदेखि हुप्रचौरतर्फ निस्कने सडक विस्तारको कामको विषयमा हेटौंडा क्याम्पस अगाडि असार १९ गते छलफल भइरहँदा वडाध्यक्ष सिग्देलमाथि लामाले हातपात गरेको प्रहरीले जनाएको छ।

सडक निर्माणको विषयमा वडाध्यक्षले कुरा राखिरहेकै क्रममा लामाले भिडियो खिच्न थालेपछि वडाध्यक्षले भिडियो नखिच्न आग्रह गरेका थिए। यही विवादमा लामाले एक्कासी वडाध्यक्षमाथि आक्रमण गरेकी थिइन्।

press_note-Hetauda

वडाध्यक्षमाथि आक्रमण प्रहरीले लामालाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनु भयो।

ढल निकाससहित सडक विस्तार गर्न ठेक्का सम्झौता भए पनि डेढ वर्षसम्म पनि सो सडक निर्माण हुन सकेको थिएन । असारको अन्त्यतिर असार १८ गतेदेखि मात्रै व्यवसायीले ढल निर्माणका लागि खाल्डो खन्न थालेका थिए। सोही विषयमा भएको छलफलमा निर्माण व्यवसायी समेत रहेकी लामाले  वडाध्यक्षमाथि आक्रमणको गरेको अनुसन्धानबाट देखिएको डिएसपी अर्यालले बताउनु भयो ।

यस अघि असार ४ गते पनि १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमणमा भएको थियो । सो घटनामा संलग्नलाई अझै कानुनी दायरामा ल्याउन नसकेको भन्दै उपमहानगरपालिकाले घटनाको विरोधमा असार १९ गते नै प्रेस विज्ञप्ति जारी गरेको छ।

अन्य

भिडियो