INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमा तस्वीर र भिडियोको साथमा विभिन्न स्ट्याटसहरू पोष्ट गरी दुर्व्यवहार गरेको आरोपमा चितवन भरतपुर महानगरपालिका-१० स्थायी घर भई हाल ललितपुरको गोदावरी नगरपालिका-१४ बस्ने ३३ वर्षीय गुञ्जन राईलाई ०८२ असार १८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान र कारबाहीको माग गर्दै साइबर व्यूरोमा निवेदन प्राप्त पश्चात व्यक्ति पहिचानका लागि गरिएको प्राविधिक विश्लेषण र अनुसन्धानबाट ३३ वर्षीय राईको संग्लनता रहेको खुल्न आएको नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोका एसपी तथा दीपकराज अवस्थीले जानकारी दिनु भयो ।

एसपी अवस्थीका अनुसार आरोपित राईलाई विद्युतीय कारोबार ऐन,  २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतको आदेशले दिन तीन दिन म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको छ ।

अन्य

भिडियो