१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–९ गनैयाका १९ वर्षीय करण पत्थरकट्टालाई असार १४ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई असार ७ गते बलात्कार प्रयास गरेको भनी पीडितले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण असार १४ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।