INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्यान जोखिममा राखेर चट्टान छेड्दै बाटो बनाउन बाध्य व्याँसी युवाहरु ! (फोटो फिचर)

आफ्नै भूमिमा हिड्न बाटो निर्माण नभएपछि महाकाली नदी किनारको चट्टान चिर्दै व्याँस गाउँपालिका–२ का जनकसिंह धामी नेतुत्वको टोली ज्यान जोखिममा राखेर बाटो बनाउन बाध्य छन् । उनीहरू अहिले १ हजार ५ सय रुपैयाँको ज्यालामा चट्टान फोडेर त्यो सपना पूरा गर्न ज्यानको बाजी लगाउँदै काम गरिरहेका छन् ।

photo20250630darchkula (1)

सडक पहुँच नभएकाले जिल्लाको छाङ्गरु–टिंकर गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ । भारतीय सडक निर्माणको क्रममा नेपालको पुरानो घोरेटो बाटो भत्किएपछि ज्यान जोखिममा राखेर बाटो निर्माण गर्न युवाहरु बाध्य भएका हुन् । यो बाटो खुलेपछि व्याँस गाउँपालिका वडा नम्बर १ को छाङ्गरु तिंकर र वडा नम्बर २ को दुम्लीङ गाउँ घोरेटो बाटोले जोडिने छ ।

photo20250630darchkula (2)

गत जेठ २५ गतेबाट मिसन–देवहरी जेभी निर्माणले कुल ५ करोड ६ लाख ९ हजार ९ सय ९४ रुपियाँ लागतमा घोरेटो बाटो निर्माणको ठेक्का पाएको हो । संघीय सरकारको सर्शत अनुदान अन्तर्गत कुल ५ करोड ५० लाख रुपियाँ लागतमा ०८१ फागुन १३ गते बोलपत्र आह्वान भएको  थियो । बोलपत्रमा सबै भन्दा घटि मूल्यमा मिसन–देवहरी जेभीले ठेक्का पाएपछि यो क्षेत्रमा घोरेटो बाटो निर्माण कार्य सुरुभएको हो ।

photo20250630darchkula (2)

व्याँस गाउँपालिकाका सव इन्जिनियर जगतसिंह डडालका अनुसार यो क्षेत्रमा घोरेटो बाटो निर्माण गर्न ८ सय घनमिटर जाली भर्नुपर्ने छ । १ हजार घनमिटर माटो खन्नु पर्ने, मेसिनरी पर्खाल ६ सय ३८ घनमिटर, ढुंगा विछ्याउने काम ३ सय घनमिटर, नरम चट्टान काट्ने १ सय ४० घनमिटर, कडा चट्टान काट्नु पर्ने १ सय ९२ घनमिटर, पलम कन्क्रिट गर्नु पर्ने ४ सय ५० घनमिटर, आरसीसी गर्नु पर्ने ६५ घनमिटर, सुख्खा ढुंगा पर्खाल लगाउनु पर्ने १ हजार घनमिटर र फलामे छड राख्नु पर्ने ४५ क्वीन्टल छ ।

photo20250630darchkula (3)

निर्माण कम्पनीले हालसम्म ७० प्रतिशतको हाराहारीमा निर्माण कार्य सकेको सव इन्जिनियर डडालको भनाइ छ । कामको अन्तिम मूल्याङ्कन भइनसकेको भन्दै उहाँले भन्नुभयो, असार २० गतेभित्र वास्तविक काम भएको थाहाँ हुनेछ ।

photo20250630darchkula (5)

दुई ओटा वडा जोड्ने परम्परागत बाटो भत्किएका कारण यो क्षेत्रमा आवतजावत ठप्पभएको छ । महाकाली नदी किनारैकिनार पैदल बाटो रहेकोमा सडकका कारण पूरै नदीको धार नेपालतर्फ आउँदा बाटो भत्किएको स्थानीय डम्बर धामी बताउनु हुन्छ ।

photo20250630darchkula (6)

अहिले निर्माण कम्पनीले व्याँसको बुदि, दोपाखे, घाटिबगर, थी भीर र अपि खोला क्षेत्रमा घोरेटो बाटो बनाउने काम गरिरहेको छ । सबै भन्दा कठिन भूभाग रहेको ‘थी भीर’ क्षेत्रको पैदल बाटो बनाउने जिम्मेवारी जनक धामीको नेतृत्वले पाएको छ । उनीसँग गाउँका ४३ जना युवा घोरेटो बाटो निर्माणमा खटिएका छन् । दैनिक १ हजारदेखि १ हजार ५ सय रुपियाँको आशमा उनीहरू आफ्नै जीवनको जोखिम मोलेर राष्ट्रको लागि बाटो बनाइरहेका छन् ।

photo20250630darchkula (7)

“भोक पेट पाल्नै पर्ने, काम नगरी खान नपुग्ने,” जनकसिंह भन्नुहुन्छ “ज्यानको माया भन्दा मातृभूमि र राष्ट्रको माया बढि भएरै बाटो बनाइरहेका छौं ।” भारतीय सुरक्षाकर्मीले नेपालतर्फ सब्बलले चट्टान फोडेर बाटो बनाउँदा पनि गालिगलौच गर्ने गरेको मजदुरको गुनासो छ ।

photo20250630darchkula (8)

“भारतबाट रासन समेत ल्याउन रोक लगाइयो,” जनक थप्नुहुन्छ, “एसएसबीले थाहाँ पाएपछि ल्याउनै बन्द गरिदियो । नुन दाल नभएको भात खाएर काम गरियो । कहिलेकोही त भोकभोकै पनि काम गरिएको छ ।” उहाँ भन्नुहुन्छ, “यो राष्ट्रप्रती माया छ र पो भोकभोक ज्यानको बाजी लगाएर काम गरिदैछ ।” यो बाटो बनाउँदै गरेको दृष्य र तस्बीर प्रदेश र संघीय सरकारले देखोस्, सुनोस् । बाटो मात्र नभइ सडक पनि सँगसँगै अघि बढ्नुपर्छ । सडक बनाउन बजेट नदिने बाटोको सहाराले कतिदिन चल्छ ।

photo20250630darchkula (11)

कडा चट्टान रहेको क्षेत्र ४ सय ५० घनमिटर क्षेत्रमा आफ्नो टिमले काम गरिरहेको उहाँले बताउनु भयो । म सँग अहिले काम गर्ने ४३ जना छन् । ६५ घनमिटरमा आरसीसी गर्नु पर्ने छ । अब १० मिटर जति मात्रै काम बाँकी छ ।

घोरेटो बाटोमा कामगर्दै आएका उज्जवलसिह महता भन्नुहुन्छ, “बादर नचढ्ने भीरमा डोरी लगाएर काम गरियो । एकातिर कडा चट्टान थियो, तल हेर्दा पूरै महाकाली नदीले हानिरहेको । थोरै मिस्टिक भएको भए जीवन नै सकिन्थ्यो,” । “काम गर्ने बेलाको समय सम्झिदा अहिले पनि आङ जिरिङ हुन्छ,” महताले सुनाउनु भयो ।

photo20250630darchkula (13)

पञ्चायतकालमा निर्माण गरिएको बाटो निकै भत्किएको थियो । “बनाउनु पर्ने ठाउँ अप्ठ्यारो छ भन्ने थाहाँ पाएर पनि राष्ट्रको लागि गर्नुपर्छ भनेर हात हालेका हौं,” निर्माण व्यवसायी केशबबहादुर पालले भन्नुभयोे , “यो ठाउँ यस्तो हो, जहाँ बादर पनि चढ्न सक्दैन ।” तर, मजदुरहरुले निकै कष्ट सहेर पनि बाटो बनाउँदैछन् ।

“पञ्यायतकालमा आफ्नै भूमि भएर नेपाली मात्र नभएर भारतीय नागरिक हिड्थे,” महाकाली नगरपालिका–५ का भवानसिह ठगुन्नाले सुनाउनुभयो, “अहिले बाटो भत्किएको ठाउँमा मजदुरले काम गरेको देख्दा सलाम ठोक्न मन लाग्यो ।” चीनिया सामान नेपालकै बाटो खलंगा पुग्थ्यो, भारतीय पर्यटक कैलाश मानसरोवर दर्शन गर्न आउथे । तर, पछिल्लो समय घोरेटो बाटो सुधार नगर्दा पूरै भत्किएको छ ।

photo20250631darchula14

तीन दशकदेखि बन्द रहेको यो मार्ग फेरि खोलिँदैछ । अहिले महाकाली किनारैबाट पर्खाल लगाएर पक्की संरचना तयार पारिँदैछ, व्याँस गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोकसिह बोहराले भन्नु भयो, “जोखिमपूर्ण ठाउँमा पक्की बाटो भयो भने बाटो राम्रै हुन्छ ।” यो घोरेटो बाटो बनेपछि छाङ्गरु, टिंकर र दुम्लीङका बासिन्दा आफ्नै देशको जमीन भएर हिड्न सहज हुनेछ । पशुचौपाया ल्याउँदा सहज हुने गरी बाटो बन्यो भने यहाँ चरन क्षेत्र पनि छ ।

अन्य

भिडियो