मानसिक अपाङ्गता भएकी २५ महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायधीश ध्रवकुमार ढकालको इजलासले असार १३ गते रत्ननगर नगरपालिका–४ का ४२ वर्षीय इन्द्रबहादुर विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला गरेको अदालतका श्रेष्तेदार विष्णु आचार्यले बताउनु भयो ।
साथै कसुरदार विश्वकर्मालाई ३ लाख रुपैयाँ जरिवाना, ५० हजार क्षतिपूर्ति र जरिवानाको चार प्रतिशत पीडित राहत कोषमा जम्मा गर्ने भनी फैसला भएको जानकारी श्रेष्तेदार आचार्यले जानकारी दिनु भयो ।
पीडितलाई ०८१ माघ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले विश्वकर्माविरुद्ध माघ ४ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते गरिएको थियो । विश्वकर्मालाई प्रहरीले माघ ४ गते गिरफ्तार गरेकोमा न्यायधीश केदार पौडेलको माघ २८ गते इजलासको आदेशले उनी पूर्पक्षमा थुनामा गएका थिए ।