INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-६, मधेशा स्थायी घर भइ धनकुटामा बस्दै आएका २३ वर्षीय विजयकुमार कामत र १४ वर्षीय एक बालकलाई गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितद्वयले ०८२ असार ५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले आरोपितविरुद्ध असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि धनकुटा नगरपालिका-७, बजारक्षेत्रबाट असार १० गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ७ गते गरिएको छ ।

अन्य

भिडियो