INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बारबर्दिया नगरपालिका– २ का २० वर्षीय विकास थारूलाई कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८२ असार १२ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतकी शाखा अधिकृत अमृता केसीले जानकारी दिनुभयो ।

आरोपितले पीडित बालिकालाई ०८० फागुन १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २० गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई फागुन २० गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन २० गते बर्दिया अस्पताल, गुलरियामा गरिएको थियो ।

अन्य

भिडियो