भोटेकोशी गाउँपालिका– ५ की ११ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले भोटेकोशी गाउँपालिका– ५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तमाङ, सोही ठाउँका २२ वर्षीय वाङनिमा तमाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तमाङ र २२ वर्षीय लाक्पा पासाङ तमाङलाई ०८२ असार १२ गते गिरफ्तार गरेको छ ।
आरोपितहरुले बालिकालाई असार १० गते सामुहिक बलात्कार गरी हत्या गरेको पीडितपक्षको आरोप छ ।
आरोपितहरू विरुद्ध बालिकाकी आमाले असार ११ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएकी थिइन् ।
शवको पोष्टमार्टम असार १२ गते प्राथमिक स्वास्थ्य केन्द्र बह्रविसेमा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले असार १३ गते पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ ।