INSEC Online

📅 २०८३ जेष्ठ २१

दाङमा २३ भूमिहीन परिवारले पाए जग्गा धनी पुर्जा

दाङमा भुमिहीनहरुलाई जग्गा धनी पुर्जा वितरण सुरु गरिएको छ । भुमी समस्या समाधान आयोग दाङले आफ्नो नाममा जमिन नै नभएका लमही नगरपालिका–३ कान्छीगाउँका २३ भुमिहीन परिवारलाई पुर्जा वितरण गरेको हो ।

Photo 2025-06-27 Dang-01असार ११ गते कार्यक्रम गरेर उनीहरुलाई १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण गरिएको भुमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले बताउनुभयो । भुमि समस्या साधान आयोगका अध्यक्ष हरिप्रसाद रिजाल, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सामुहिकरुपमा भुमिहीनहरुलाई आठ धुरदेखि एक कठ्ठासम्मको बसोबासको लागि जग्गाधनी पुर्जा उपलव्ध गराउनु भएको थियो ।

भूमि समस्या समाधान आयोग जिल्ला समितिले यसअघि ०८२ जेठ ११ गते नै भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार लमहीका २३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलव्ध गराइएको हो । जग्गाधनी पुर्जा पाएपछि १ सय वर्षीया विलरानी चौधरीले खुशी व्यक्त गर्दै बल्ल यही देशका जनता भएजस्तो महसुस भएको बताउनुभयो ।

Photo 2025-06-27 Dang-02

दाङमा भुमिहीन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गरी ६८ हजार ९ सय २६ परिवारले आयोगमा निवेदन दिएका छन् । जसमा पहिलो पटक लमही नगरपालिकाबाट जग्गाधनी प्रमाणपुर्जा वितरणको काम सुरु गरिएको छ । दाङका १० वटै पालिकामा जग्गाधनी पुर्जा वितरणका लागि तीब्र तयारी गरिएको र अब केही समयमै गढवा गाउँपालिका, लमही नगरपालिकाकै अर्काे बस्ती र बबई गाउँपालिकामा लालपुर्जा वितरणको अन्तिम तयारी भइरहेको छ ।

पहिलो चरणमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने छ भने त्यसपछि अव्यवस्थित बसोबासीहरुको समस्या समाधानको प्रक्रिया थालिने जिल्ला अध्यक्ष बस्नेतले बताउनुभयो ।

अन्य

भिडियो