INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार  घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-४ का ४० वर्षीय बाबुलाई असार ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ असार १० गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरुद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १० गते गरिएको छ ।

अन्य

भिडियो