INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय एक पुरुषलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ असार ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि असार ८ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विवेक बस्नेतले बताउनु भयो ।

प्रहरीले आरोपितको परिचय गोप्य राखेको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ८ गते गरिएको छ ।

अन्य

भिडियो