INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारका सवाल समय क्रमसँगै परिर्वतन हुँदै जान्छ: डा. अर्याल

बदलिदो परिस्थितीसँगै मानव अधिकारका सवालमा आएका परिर्वतनलाई नेपाल मानव अधिकार वर्ष पुस्तकले समेट्न आवश्यक भएको इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले बताउनु भएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक निर्देशिका परिमार्जनसम्बन्धी ललितपुरको गोदावरीमा आयोजित कार्यशालाको उद्घाटन सत्रमा मन्तव्य राख्दै अध्यक्ष अर्यालले मानव अधिकारका सवाल समय क्रमसँगै परिर्वतन हुँदै गएकाले ३४ औँ संस्करणको नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकारका नयाँ विषयलाई सम्बोधन गर्न आवश्यक रहेको अध्यक्ष अर्यालले बताउनु भयो ।

जलवायु न्यायका विषयले मानव अधिकारका सवालमासमेत फरकपन आएको र सोही विषयलाई मानव अधिकार वर्ष पुस्तक २०२५ ले समेट्न प्रयास गरेको अध्यक्ष अर्यालले बताउनु भयो । उहाँले सन् २०२६ को वर्ष पुस्तकले जलवायु परिवर्तनका कारण सिङ्गो मानव जीवनमा पारेको प्रभावलाई मानव अधिकारमैत्री आँखाले हेर्न र सोही अनुसार वर्ष पुस्तकमा परिर्वतन आवश्यक भएको अध्यक्ष अर्यालले बताउनु भयो । अध्यक्ष अर्यालले निर्देशिका परिमार्जन कार्यशालाले मानव अधिकारका नयाँ विषयलाई वर्ष पुस्तकमा समेट्न सहयोग पुग्ने बताउनु भयो ।

 Photo 2025-06-25 Lalitpur-01

कार्यशालामा मन्तव्य राख्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकारका सवाल विश्लेषणसँगै तथ्याङ्कमा केन्द्रीत हुने भएकाले पीडितको मानव अधिकार रक्षाका लागि प्राथमिक सूचना महत्वपूर्ण भएको बताउनु भयो । निर्देशक गौतमले नेपाल मानव अधिकार वर्ष पुस्तकले समयसँगै मानव अधिकारका सवाल फरकफरक ढङ्गले समेट्दै आएको बताउनु भयो । निर्देशक गौतमले सन् २०२५ को मानव अधिकार वर्ष पुस्तकले वातावरण र मानव अधिकारबिचको सम्बन्धका बारेमा तथ्याङ्कसहित विवरण समावेश गरेकाले मानव अधिकारका सवाल कति महत्वपूर्ण छन् भन्ने नयाँ विषयलाई स्थापित गरेको बताउनु भयो ।

Photo 2025-06-25 Lalitpur-02

कार्यकारी निर्देशक गौतमले वर्ष पुस्तकले पीडितलाई न्यायमा पहुँच स्थापित गर्ने महत्वपूर्ण कार्य समेत गर्ने भएकाले त्यसका लागि मानव अधिकारका सूचनाका सङ्कलन, पुष्टि र पुर्नपुष्टि महत्वपूर्ण हुने भएकाले मानव अधिकार वर्ष पुस्तक निर्देशिका परिमार्जन कार्यशालाले ३४ औँ संस्करणको मानव अधिकार वर्ष पुस्तकलाई अझै परिष्कृत बनाउने विश्वास व्यक्त गर्नु भयो ।

निर्देशिका परिर्माजन कार्यशालामा मानव अधिकार प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडलले नेपालमा वर्ष पुस्तकको महत्व निकै भएको र मानव अधिकारका सवालमा चासो राख्नेहरू सरोकारवालाहरुले दिएका सुझावलाई निर्देशिका परिमार्जनमार्फत समेट्ने बताउनु भयो ।
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा ०८२ असार १० गतेदेखि सुरूआत भएको दुई दिवसीय नेपाल मानव अधिकार वर्ष पुस्तक निर्देशिका कार्यशाला असार ११ गते सम्पन्न हुनेछ ।

Photo 2025-06-25 Lalitpur-03

कार्यशालामा मानव अधिकार प्रलेख तथा प्रसार विभाग, मानव अधिकार बहस तथा पैरवी र इन्सेक प्रदेश कार्यालयबाट प्रलेख अधिकृतहरूको सहभागिता रहेको छ ।

अन्य

भिडियो