INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह गरेको घटनाका आरोपित बालक प्रहरी नियन्त्रणमा

नुवाकोट जिल्ला घर भएकी १७ वर्षीया बालिकासँग १८ वर्षको बालकले ०८२ जेठ ३० गते बालविवाह गरी पनौंती नगरपालिका–७ कुशादेवी सडक स्थित एक घरमा कोठा लिएर बसेको भनी पीडितका बाबुले ०८२ असार २ गते इलाका प्रहरी कार्यालय बनेपामा बालविवाह शीर्षकमा उजुरी उजुरी दिए ।

नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका–१ स्थित आफन्तले खोजी गर्नेक्रममा बालिका बनेपामा रहेको थाहा पाएका थिए ।

आरोपित दुवैलाई प्रहरीले असार ३ गते नियन्त्रणमा लिए पनि वालिकालाई आफन्तको जिम्मामा छोडिएको र बालकलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो ।

अन्य

भिडियो