१५ वर्षीया बालिकालाई ललाईफकाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय मामालाई प्रहरीले ०८२ असार ३ गते गरिफ्तार गरेको छ ।
पीडित बालिकालाई ०८२ वैशाख ३ गते ललाईफकाई खानीखोला गाउँपालिका–३ थुम्कीडाँडास्थित जंगलमा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडितको आमाले आरोपित विरुद्ध ०८२ असार ५ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जर्बजस्ती करणी शिर्षकमा उजुरी दिइन् ।
पीडितको स्वास्थ्य परीक्षण ०८२ असार ४ गते धुलिखेल अस्पतालमा गरियो ।
आरोपितलाई हिरासतमा राखि अनुसन्धान भइरहेको डिएसपी मीनबहादुर घलेले बताउनु भयो ।