INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा प्रभातफेरी

“सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार” भन्ने मुल नाराका साथ पोखरामा प्रभातफेरी गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइएको इन्सेक कास्की जिल्ला प्रतिनिधि सङ्गीता भाटले उल्लेख गरेकी छन् ।

All-focus

प्ररभातफेरी पछि राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मोहन काफ्लेले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब २ करोड नेपाली वैदेशिक रोजगारको असरमा रहेको बताए ।

जिल्ला समन्वय समितिका सभापति बैनबहादुर क्षेत्री अधिकारीले ग्रामीण भेगका भन्दा शहरी क्षेत्रका शिक्षित मानिस नै वैदेशिक रोजगारका क्रममा ठगिने गरेको बताउँदै युवा शक्ति विदेश पलायन हुन नदिन राजनीतिक दलले आफ्नो घोषणपत्रमा उल्लेख गरे बमोजिम स्वदेशमा नै रोजगारी सिर्जना गर्नु पर्ने बताए ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस रामेछापमा पनि सोमबार मनाइएको छ । दिवसका अवसरमा रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगारीका लागि स्थानीय तहको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

Photo20171218Ramechhap1

कार्यक्रमा रामेछापका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थिति राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि र विभिन्न सरकारी तथा सामाजिक संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूले वैदेशिक रोजगारीका कारण देश युवाविहीन भएको र रोजगारीमा जानेको असुरक्षा पनि बढ्दै गएकोले देशभित्र स्वरोजगार निर्माण गरी वैदेशिक रोजगारीमा जाने परम्पराको अन्त गर्नुपर्नेमा जोड दिएका थिए ।

अन्य

भिडियो