INSEC Online

📅 २०८३ जेष्ठ २१

सुत्केरी भाउजु हत्या घटनाका आरोपित देवर गिरफ्तार

गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी १९ वर्षीया सुत्केरी जानकी नाथको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय देवर नविन नाथलाई ०८२ असार ७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार ५ गते घरभित्र सुतेको अवस्थामा शिरानीले नाक र मुख थुनेर हत्या गरी गहना चोरेर लास बाहिर नालीमा घोप्टो गरी सुताइएको अवस्थामा असार ६ गते विहान फेला परेपछि प्रहरीमा उजुरी गरेको गौरीगंगा नागरपालिका—७ का वडा सदस्य हेमन्त बुढाले बताउनु भयो ।

घटनाको बारेमा नाजकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेर शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिसकेपछि शवको चेकजाँच गर्ने क्रममा गहना चोरी भएको शङ्का भएपछि सुधपुछ गर्दा देवर नाथले गहना लुकाएर राखेको खुल्न आएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताउनु भयो ।

पीडित पक्षले समेत आरोपित विरुद्ध असार ८ गते किटानी जाहेरी दिएपछि आरोपितलाई सार्वजनिक गरी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी चन्दले बताउनु भयो ।

शवको पोष्टमार्टम असार ८ गते सेती प्रदेशिक अस्पतालमा गरी दाहासस्कारको तयारी भइरहेको मृतकका ससुरा पुस्कर नाथले बताउनु भयो ।

अन्य

भिडियो