INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचित व्यक्तिहरुद्वारा माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी

नेकपा माओवादी केन्द्र, बैतडीको पार्टी कार्यालयमा अपरिचित व्यक्तिहरुको समूहले ०८२ असार ७ गते साँझ ५ बजे आगजनी गरेका छन् ।

जिल्ला सदरमुकाम, गढीस्थित पार्टी कार्यालयमा अपरिचित व्यक्तिहरुको समूहले आगजनी गरेको स्थानीयले थाहाँ पाएपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

स्थानीयहरुले घटनाका बारेमा जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय र ससस्त्र प्रहरीको टोली आगलागी भएको ठाउँमा पुगेर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेयले बताउनु भयो ।

आगजनीबाट पार्टी कार्यालयको एउटा कोठामा राखिएका कागजात, कुर्चि, टेवल र दराज जलेर नष्ट भएका छन् भने झ्याल र ढोकामा समेत क्षेति पुगेको छ । कोठा भित्र के–के समान थियो भन्ने बारे एकिन हुन बाँकी रहेको र घटनाका संलग्न व्यक्तिहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पाण्डेयले बताउनु भयो ।

अन्य

भिडियो