INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वमा हुने यौन हिँसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा दीप प्रज्वलन 

द्वन्द्वका बेला यौन हिंसाका पीडितहरूका लागि न्याय र जवाफदेहीताको माग गर्दै ०८२ असार ५ गते काठमाडौँको रत्नपार्कमा दीप प्रज्यलन कार्यक्रम सम्पन्न भएको छ।

‘द्वन्द्वमा हुने यौन हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा लैङ्गिक तथा सङ्क्रमणकालीन न्याय सञ्जाल र लैङ्गिक न्यायको लागि अभियान नामक संस्थाहरूको संयुक्त पहलमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो।

Photo 2025-06-20 Kathmandu

दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले द्वन्द्वकालमा यौन हिंसाबाट पीडित भएकाहरू अझै पनि न्यायको पर्खाइमा बस्नुपरेको दुखद् अवस्था रहेका औँल्याएका छन् । कार्यक्रममा सहभागीहरूले पीडितमैत्री सङ्क्रमणकालीन न्याय प्रक्रिया अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो ।

द्वन्द्वका समयमा महिलाहरू र बालिकाहरू मात्र होइन, विभिन्न लैङ्गिक पहिचान भएका व्यक्तिहरू पनि यौन हिंसाको सिकार भएका थिए। तर, अहिलेसम्म उनीहरूको पीडा राज्य संयन्त्रबाट स्वीकारिएको छैन, जसले अझ पीडितहरूलाई दोहोरो पीडामा पारिरहेको लैङ्गिक अल्पसङ्ख्यको तर्फबाट आवाज उठाइएको थियो ।

लैङ्गिक तथा सङ्क्रमणकालीन न्याय सञ्जालका प्रतिनिधिले भने, ‘यौन हिंसालाई द्वन्द्वको सामान्य परिणाम मान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। न्याय पाउनु पीडितको मौलिक अधिकार हो।‘

लैङ्गिक न्यायको लागि अभियानले पनि सङ्क्रमणकालीन न्याय प्रक्रिया लम्बिँदै जानु र पीडितहरूलाई समेट्न नसक्नुले मुलुकको लोकतान्त्रिक यात्रालाई नै असर पार्न सक्ने पनि सहभागीहरूले बताएका छन् ।

3f272507-a4c1-46d6-9419-2e42bf14680a

57ab7188-982f-4393-aab4-5a2c2eb97fd6

अन्य

भिडियो