नलगाड गाउँपालिका-८ अन्तर्गत मंङसिरि स्थित हिमालय प्राथमिक विद्यालयमा भौतिक संरचना र खानेपानीको अभाव भएको छ । भौतिक संरचनाको अभावले गर्दा विद्यालयमा दिबा खाजा र पठनपाठन एउटै कोठामा सञ्चालन हुने गरेको छ।
विद्यालयमा कक्षा एकदेखि पाँचसम्मका ७२ जना विद्यार्थी र पाँच जना शिक्षक कार्यरत छन्। विद्यालयको स्थापना सन् २०३९ मा भएको हो । तीन वर्ष अघी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत दुई कोठे भवन निर्माण गर्दा शिक्षकले ड्रममा पानी बोकेर भवन निर्माण गरेको शिक्षाक मनोद शर्माले बताउनु भयो ।
विद्यालयको भौतिक संरचना र खानेपानीको अभावका कारण विद्यार्थीहरू घरबाट पानी बोकेर ल्याउन बाध्य भएको शिक्षक शर्माले बताए। पानीकाे अभावले गर्दा विद्यालयमा सरसफाइ गर्न तथा बालबालिकाहरु शाैचालय जान समेत समस्या रहेको छ । विद्यालय मुनि रहेको मुहानबाट पानी ल्याउन स्थानीय सरकारले बजेटको व्यवस्था नगरेको कारण समस्या भएको छ ।
विद्यालयको आवश्यकताका लागि स्थानीय सरकार र नगरपालिकालाई पटक-पटक आग्रह गरे पनि सुनुवाई नभएको सरोकारवालाहरुले बताएका छन्। विद्यालयको खानेपानी र भैतिक पूर्वाधार निर्माणको लागि बजेट माग गरे पनि सुनुवाइ नभएको वडा अध्यक्ष तेजबहादुर सिंहले बताउनु भयो ।
