१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-६ का २७ वर्षीय फकन महतोलाई इलाका प्रहरी कार्यालय हरिपुरले असार ४ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा ०८२ असार ३ गते उजुरी दिनुभयो । ०८२ वैशाख २६ गते घरमा एक्लै बसिरहेकी बालिकालाई आरोपित महतोले धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
आरोपित महतोलाई असार ४ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराएर घटनाको अनुसन्धान अगाडि बढाएको इन्स्पेक्टर रोमन राज अर्यालले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल मलंगवामा असार ३ गते भयो ।