१६ वर्षीया बालिकालाई विवाह गर्छु भनी बलात्कार गरेको आरोपमा सिन्धुली जिल्ला हरिहरपुरगढी नगरपालिका–३ पिपलमाडीका २४ वर्षीय लोकबहादुर भनिने सोमबहादुर भ्लोनलाई प्रहरीले ०८२ असार १ गते गिरफ्तार गर्यो ।
पीडित बालिकालाई धुलिखेल नगरपालिका–६ अस्पताल चोकमा कोठा भाडामा लिएर ०८१ चैत २५ गतेदेखी ०८२ जेठ १२ गतेसम्म बलात्कार गरेको भन्दै आरोपित भ्लोनविरुद्ध पीडितको आमाले ०८२ जेठ २३ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जबर्जस्ती करणी शीर्षकमा उजुरी दिएकी थिइन ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा ०८२ जेठ २२ गते गरियो । पीडित गर्भवती रहेको अस्पतालले जनायो ।
आरोपितलाई हिरासतमा राखि अनुसन्धान भइरहेको डिएसपी मीनबहादुर घलेले बताउनुभयो ।