१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा टिकापुर नगरँपालिका–१ एकतापुरका २३ वर्षीय प्रेमसागर कठरियालाई ०८२ असार ३ गते चार वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले कसूर ठहर गरी चार वर्ष कैद सजाय, १ लाख जरिवाना र ५ हजार रुपियाँ क्षतिपुर्ती भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी पंकज उपाध्यायले बताउनु भयो ।
पीडित बालिकालाई ०८१ भदौ ५ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ९ गते इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले ०८१ असोज ३ गते धरौटीमा रिहा गरेको थियो ।
पीडिताको स्वास्थ्य परीक्षण ०८१ भदौ ९ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।