डाकनेश्वरी नपा-१ की १४ वर्षीया प्रियाकुमारी राउतलाई ०७४ वैशाख २६ गते डाकनेश्वरी नपा-२ का २१ वर्षीय मो. इस्माइल, सोही ठाउँका ६५ वर्षीय डाकबम भनिने ईमा मियाँ र भारत विहारको मधुबनी जिल्ला थाना ललमनिया गाउँ डुमरबैना घर भई डाकनेश्वरी नपा-२ बस्ने २५ वर्षीय लालु भनिने मनाङ मियाँले अपहरण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले मङ्सिर २८ गते उजुरी दर्ता गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले अपहरण गरेको भन्दै पीडितकी आमा ३६ वर्षीया शोभादेवी राउतले कात्तिक २६ गते उजुरी दिएकी थिइन् ।
प्रहरीले उजुरी दर्ता गर्न आलटाल गरेको भन्दै पीडितकी आमाले उच्च अदालत जनकपुर राजविराज इजलाससमक्ष जेठ १७ गते परामादेशको उजुरी दिएकी थिइन् ।
उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधीश लोहितचन्द्र शाह र भोजराज अधिकारीको संयुक्त इजलाशले भदौ ११ गते कानुन बमोजिम उजुरी दर्ता गर्न परामादेश जारी गरेपछि उजुरी दर्ता गरी अनुसन्धान प्रकृया थालिएको एसपी मुकेशकुमार सिंहले बताए ।