शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोलकी ४८ वर्षीया जुनादेवी सुनारको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति कालु सुनारलाई ०८२ असार १ गते विहान ३ बजे गिरफ्तार गरेको छ ।
घर्यासी विबादका कारण ०८२ जेठ ३१ गते राति आरोपित सुनारले पत्नीको घाँटी थिचेर हत्या गरेको जाहेरीका आधारमा आरोपित पतिलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी सागर बोहरले बताउनु भयो ।
पीडितको सेती प्रादेशिक अस्पताल, कैलालीमा उपचारको क्रममा मृत्युभएपछि शवको पोष्टमार्टम असार १ गते सेती प्रदेशिक अस्पतालमा गरी सोही दिन आफन्तहरुले दाहासस्कार गरेका थिए ।