१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकुलुङ गाउँपालिका- २ का ३० वर्षीय एक पुरूषलाई गिरफ्तार गरेक छ ।
पीडित बालिकालाई आरोपितले ०८१ माघ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८२ जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि ०८२ जेठ ३० गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विकास राईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १ गते गरिएको छ ।
प्रहरीले आरोपितको परिचय गोप्य राखेको छ।