३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पर्टेवासुगौली गाउँपालिका-७ निचुटा का २३ वर्षीय पिताम्बर साह तेलीलाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०८२ जेठ २५ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय, पर्सामा सोही दिन उजुरी दिनु भयो । घरमा एक्लै भएको मौका छोपि आरोपितले बलात्कार गरेको पीडित महिलाले बताउनु भयो ।
आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएर घटनाको अनुसन्धान अगाडि बढाएकाे डिएसपी किशोर लम्साल् जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वीरगञ्जस्थित नारायणी अस्पतालमा जेठ २५ गते भयो ।