INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका—१ का २९ वर्षीय एक  पुरुषलाई प्रहरीले ०८२ जेठ २९ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई जेठ २६ गते यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ । पीडितको तर्फबाट पीडितकी आमाले जेठ २८ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको जेठ २८ गते नवलपुर अस्पतालमा स्वास्थ्य परीक्षण भयो । पीडित र आरोपित नातासम्बन्ध रहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

अन्य

भिडियो