INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार प्रयासको आरोपमा नरैनापुर गाउँपालिका–१ महतिनियाका ५० वर्षीय रियाज खाँलाई जेठ २७ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपित खाँ नरैनापुर गाउँपालिकाका वडा सदस्य हुनुहुन्छ ।

पीडित महिलालाई आरोपितले ०८२ वैशाख ८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जेठ ११ गते इलाका प्रहरी कार्यालय भवगवानपुरमा उजुरी दिएको थियो।

पीडितको स्वास्थ्य परीक्षण जेठ ११ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको छ ।

अन्य

भिडियो