INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायाधीशमाथि मोसो छ्याप्ने आरोपितहरू गिरफ्तार

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूमाथि मोसो छ्याप्ने नेकपा नेकपा बहुमतका तीन जना कार्यकर्ताहरूलाई प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ ।

हत्या घटनाका आरोपित नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री राजपुर नगरपालिका-४ का मोहम्मद अफताब आलमलाई उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारू र अर्जुन महर्जनको ०८२ जेठ १४ गतेको इजलासले सफाइ दिएकाे थियो ।

उक्त फैसलाको विराेधमा ०८२ जेठ २९ गते नेकपा बहुमतका केन्द्रीय सदस्य प्यूठान जिल्ला गौमुखी गाउँपालिका-६ का ३८ वर्षीय अविनास भनिने किशोर कुँवर, नेकपा बहुमतका जिल्ला इन्चार्ज सर्लाही जिल्ला बरहथवा नगरपालिका-२ का ४३ वर्षीय पदम बहादुर मगर र नेकपा बहुमतका जिल्ला समिति सदस्य सिराहा जिल्ला गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतोले नेपाल कम्युनिष्ट पार्टी बहुमत जिन्दावाद भन्दै न्यायाधीश बसेको स्थानमै पुगी न्यायाधीश थारुमाथि मोसो छ्यापेका थिए ।

मोसो छ्यापेका तीनै जनालाई प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिनु भयो ।

अन्य

भिडियो