INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चिसंखुगढी गाउँपालिका-६ भदौरेका १६ वर्षीय बालकलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ माघ २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८२ जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २८ गते गरिएको छ ।

अन्य

भिडियो