तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले चढ्ने गरेको गाडी ०८२ जेठ २८ गते पहिचान नखुलेको समूहले तोडफोड गरेको छ । तिला गाउँपालिका–४ नम्बर वडाले आयोजना गरेको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा पार्किङ गरिराखेको गाडीमा उक्त समूहले तोडफोड गरेको गाउँपालिकाका अध्यक्ष रोकायाले बताउनु भयो ।
पालिकाले हालसालै नयाँ गाडी खरिद गरेर ल्याएको थियो । गाडीको नम्बर पनि राखिएको थिएन । गाडीमा ढुंगा प्रहार गरेर पछाडीको सिसा फुटाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको गाउँपालिकाका अध्यक्ष रोकायाले बताउनु भयो।
गाडीमा तोडफोड गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले बताउनु भयो।
