INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्ष कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी 

बबई गाउँपालिका–१ का वडाध्यक्ष ४२ वर्षीय प्रेमबहादुर डाँगीलाई कुटपिट गरेको भन्दै बबई गाउँपालिका–१ का नेपाली काँग्रेसका कार्यकर्ता २५ वर्षीय प्रकाश बुढाथोकीविरुद्ध ०८२ जेठ २८ गते इलाका प्रहरी कार्यालय खिलतपुरमा उजुरी दिइएको छ ।

गाउँपालिका कार्यालयबाट वडा कार्यालयतर्फ जाँदै गर्दा ट्याक्सीपार्कमा जेठ २८ गते बुढाथोकीले एक्कासी धारिलो हतियार प्रहार गरी घाइते बनाएर भागेका थिए । हतियार प्रहारबाट वडाध्यक्ष डाँगीको टाउकोमा ६ वटा टाँका र हातमा पनि गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय खिलतपुरका इन्स्पेक्टर खिमबहादुर खड्काले जानकारी दिनुभयो । घाइते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ववई गाउँपालिकाले जेठ २८ गते विज्ञप्ती निकालेर घटनामा संलग्नमाथि कारबाहीको माग गरेको छ ।

अन्य

भिडियो