१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-४ का ५७ वर्षीय अशोककुमार धामी थारूलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २७ गते इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा जेठ २७ गते गरिएको छ ।