INSEC Online

📅 २०८३ असार १०

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा चिउरीडाँडाका २३ वर्षीय धनिराम कटुवाललाई जेठ २८ गते गिरफ्तार गरेको छ।

पीडित बालिकालाई आरोपितले ०८२ जेठ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २९ गते गर्ने तयारी गरिएको छ।

अन्य

भिडियो