INSEC Online

📅 २०८३ जेष्ठ २१

बारामा फोरमको विजय जुलुसमा गोली चल्यो, चार जना प्रहरी घाइते

बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका२ बेल्दारीमा सङ्घीय समाजवादी फोरमले आज विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको राससले जनाएको छ ।

जसल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैदवारका अनुसार दिउँसो साढे ३ बजे सङ्घीय समाजवादी फोरमका कार्यकर्ताले निकालेको विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबिच झडप भएको थियो ।

झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि समेत ढुङ्गामुढा भएपछि प्रहरीले हवाई फायर गरेको एसपी वैदवारले जानकारी दिए ।

झडपमा परी चार जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा एक जना असई र तीन जवान छन् ।

अन्य

भिडियो